नेपाल आइडलबाट प्रमिला राई अाउट भइन्

  • | शनिबार, २८ साउन, २०७४
  • | 3 years ago

काठमाडौं, साउन  । एपीवान टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी सो नेपाल आइडलबाट प्रमिला राई बाहिरिएकी छिन् । प्रतियोगितामा उत्कृष्ट सातबाट प्रमिला राई बाहिरिएकी हुन् ।

 

बालाजु निवासी २२ वर्षीया प्रमिलाले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएकी थिइन् । प्रमिला पप रक गीतमा पोख्त रहेकी छिन् ।

 

 

प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट सातसम्मको यात्रा तय गरेको उनको भनाइ छ ।

 

हाल नेपाल आइडलमा नेपालगन्जका ३० वर्षीय सुरज थापा, ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट ६ मा पर्न सफल भएका छन् ।