नेपाल–अफ्रिका चलचित्र महोत्सव

  • | सोमबार, ३ मंसिर, २०७५
  • | 2 years ago



काठमाडौं । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ ।

नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले चलचित्र महोत्सव गर्न लागेको बताएको छ ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दुई दिनसम्म हुने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिनेछ ।

महोत्सवका निर्देशक डा .मञ्जु मिश्रका अनुसार महोत्सवमा विदेशी चलचित्र निर्देशकसमेत उपस्थित रहनेछ । महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र छायालगायतको प्रदर्शन गरिनेछ ।