नियमारको एकदिनको कमाइ कति ?

  • | सोमबार, ९ असोज, २०७४
  • | 3 years ago

एजेन्सी, असोज ९ । बार्सिलोनाबाट यसै सिजन पिएसजी आएका विश्वकै सबैभन्दा महँगा खेलाडी नियमारको तलब कति होला ? यो धेरैको चासोको विषय बनेको छ ।


उनी विश्वकै महँगा खेलाडी भएपनि वार्षिक तलबमा भने दोस्रो स्थानमा रहेका छन् । उनको मासिक तलब ३ मिलियन युरो रहेको छ ।


उनको वार्षिक तलब ३६ मिलियन युरो रहेको छ ।


चाइनीज सुपर लिग खेलिरहेका सान्घाइ सेनहुवाका स्टार खेलाडी कार्लोस टेभेजको वार्षिक तलब ३८।४ मिलियन युरो रहेको छ ।


नियमारले एकदिनमा १ लाख युरो, प्रत्येक घण्टामा ४ हजार युरो कमाउँछन् ।