सर्वोच्चले भन्यो, ‘एनसेलसँग तत्काल कर नलिनुस्’

  • | बिहीबार, १२ बैशाख, २०७६
  • | 2 years ago


काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग तत्काल कर नलिन ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबर न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

 

आदेशमा विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनिएको छ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।

 

यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम बुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नुपर्ने जनाइएको थियो ।