गायक नविनको ‘बैंश आको छोरी...’ सार्वजनिक ( भिडियो सहित)

  • | बुधबार, ५ पुष, २०७४
  • | 3 years ago

काठमाडौं , पुस ४ । स्टेज किगंका रुपमा परिचित लोक गायक नविन पौडेलको ‘बैंश आको छोरी...’ सार्वजनिक भएको छ ।


यथार्थ परक, समय सापेक्ष गीत गाएर चर्चामा रहेका गायक पौडेलका थुप्रै लोक तथा समसामयिक गीत पुर्व मेचीदेखि पस्चिम महाकाली सम्म मात्र होइन बिदेशका बिभिन्न मुलुकमा समेत गन्जिसकेका छन् ।


नेपाली समाजमा बोलिने शब्दलाई जस्ताको तस्तै प्रयोग गरिएको गीतमा गायक पौडेलकै शब्द र लय समेत रहेको छ । स्वरमा भने उनलाई पुर्णकला बिसीले साथ दिएकी छन् ।


गीतको निकै आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा हाँँस्यकलाकर शिबहरी पौडेल, मोडल टीका जैसी, रेखा थापा र भुमिका शाहको अभिनय देख्न सकिन्छ ।


अन्तरास्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, रास्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका पुर्ब केन्द्रीय सदस्य समेत रहेका गायक नविनले गीत दर्शक श्रोता तथा दर्शकको रोजाइमा पर्ने बताए ।


हेर्नुस् भिडियो ः