यी हुन् नेपालमा पाइने बेनेलीका मोटरसाइकल

  • | शुक्रबार, ११ फागुन, २०७४
  • | 3 years ago

 

काठमाडाैँ  । इटालियन मोटरसाइकल कम्पनी बेनेलीले नेपालको अटो बजारमा पकड बढाउँदै लगेको छ। बेनेलीका मोटरसाइकलमा विशेषतः नयाँ पुस्ताको आकर्षण बढेको कम्पनीको भनाइ छ।

 

नेपालको लागि बेनेलीका बजार ब्यवस्थापक शास्वत रिजालले आफ्नो सर्वाधिक बिक्री हुने मोटरसाइकलहरुमा टिएनटी ३००, टिएनटी १३५ र ३०२ आर रहेको जानकारी दिए। यीमध्ये पनि टिएनटी १३५ अगाडि रहेको उनले बताए।

 

यी मोटरसाइकलको लुक्स, पफर्मेन्स, इन्जिन पावर धेरैले रुचाएको उनले दावी गरे। ‘त्यति मात्रै होइन यी बाइकहरु चलाउन सजिलो र लामो दुरीका लागि उपयुक्त हुने भएका कारण ग्राहकको रोजाइमा परेको हो’ रिजालले भने।

 

युवापुस्तालाई नै लक्षित गर्दै कम्पनीले यी मोटरसाइकल बजारमा ल्याएको उनले बताए। हाल सेवा दिइरहेको गैरीधारास्थित सर्भिसिङ सेन्टरलाई फराकिलो बनाउने तयारी गरिरहेको उनले जानकारी दिए।

 

कम्पनी शोरुमका अनुसार टिएनटी १३५ मोटरसाइकल पाँचौं लट केही दिनमै आउने भएको छ।

 

यस्ता छन् नेपाली बजारमा आएका बेनेली मोटरसाइकलः

 

टिएनटी १३५

 


टिएनटी १३५ बिक्रीको हिसाबले नेपालमा सबैभन्दा अगाडि देखिएको मोटरसाइकल हो। विशेष गरी नयाँ चालकलाई चलाउन सजिलो हुने गरी बनाइएको यो मोडलमा १३४।७ सिसीको इन्जिन प्रयोग गरीएको छ।

 

सिङ्गल सिलिन्डर भएको यसमा १३ बिएचपी पावर, ५ गियरसम्मको स्पिड छ। ७।२ लिटर क्षमताको इन्धन ट्याङ्क, ‘ओइल कुल्ड’ इन्जिन, डबल डिस्क ब्रेक यसमा छ। टायरको ग्रिप राम्रो रहेको बेनेलीको दावी छ।

 

रातो, सेतो र कालो रंगमा आएको यो एउटा सानो बाइक हो, जसमा ठूलो बाइकमा हुने फिचर र टेक्नोलोजी जडान भएका छन्। यसको मूल्य २ लाख ५० हजार रुपैयाँ पर्दछ। टिएनटी १३५ बाइकसँगको प्रत्येक माइल आनन्ददायी हुने बेनेलीको दावी छ।

 

टिएनटी २५

 


४ लाख ५० हजार रुपैयाँमा आएको यो मोडल छिट्टै एबिएस ब्रेकिङ सिस्टममा आउने तयारीमा छ। एबिएसमा अपग्रेड भएर आउँदा मूल्यमा केही फरक पर्न सक्ने शोरुमले जनाएको छ।

 

२४९ सिसीको यसमा ‘लिक्वीड कुल्ड इन्जिन’को प्रयोग गरिएको छ। सिङ्गल सिलिन्डरसहित २८।१६ बिएचपी पावरयुक्त बाइकमा १७ लिटर क्षमताको इन्धन ट्याङ्क, १६० एमएम ग्राउण्ड क्लियरेन्स छ।

 

६ गियरको स्पिड छ। हाइड्रोलिक मोनोसक सस्पेन्सन, फ्रन्ट र रियर हाइड्रोलिक डिस्क ब्रेक यसमा छ।

 

टिएनटी ३००

 

 

टिएनटी ३०० रातो, हरियो, कालो र सेतो रंगमा उपलब्ध छ। बाइकमा डबल सिलिन्डर प्रयोग गरीएको छ। ३०० सिसी इन्जिन क्षमता सहित बजारमा उपलब्ध यो नेकेड बाइक १६ लिटर इन्धन क्षमतामा छ। १६० एमएम ग्राउण्ड क्लियरेन्स, ३७।७३ बिएचपी इन्जिन क्षमता सहित लिक्वीड कुल्ड सिस्टम जडित छ।

 

६ गियर स्पिड रहेको यसमा हाइड्रोलिक मोनोसक रियर सस्पेन्सन प्रयोग गरिएको छ। जसले बाइकलाई खाल्डा खुल्डीको असर पर्नबाट बचाउँछ।

 

टायरको फ्रन्ट ब्रेकको लागि हाइड्रोलिक डबल डिस्क ब्रेक र रियर टायर ब्रेकको लागि हाइड्रोलिक सिङ्गल डिस्कको प्रयोग गरिएको छ। ब्रेक लाइट र इन्डीकेटरमा एलइडी लाइटको प्रयोग भएको यसलाई नेपालमा ७ लाख रुपैयाँ पर्ने शोरुमले जनाएको छ।

 

टिएनटी ६०० एबिएस

 


खरिदमा १५ हजार रुपैयाँ नगद छुट सहित अल्पाइन स्टार ज्याकेट प्रदान गर्ने अफर रहेको यो बाइकको मूल्य १६ लाख ५० हजार रुपैयाँ छ।

 

यसमा फोर स्ट्रोक इन्जिन प्रयोग गरिएको छ। बाइकमा १५ लिटरको इन्धन ट्यांक छ।

 

रिजर्बमा ३ लिटर अटाउने यो बाइकमा १५० एमएम ग्राउण्ड क्लियरेन्स, नेकेड बडी, ८३।९० बिएचपी इन्जिन क्षमता सहित लिक्वीड कुलर पनि जडान गरिएको छ।

 

६ गियरको स्पिड, ६०० सिसी मोटरसाइकलको आवाजले चालकको मन जित्ने कम्पनीको भनाइ छ। यसको आवाजलाई कम्पनीले ‘रोअर’ नाम दिएको छ। राम्रो ग्रिप सहित ५० एमएम एड्जस्टेबल सस्पेन्सन भएको यो सहर तथा रेस ट्रयाकको लागि उपयुक्त छ। यो मोडललाई बेनेलीले हरियो, रातो र सेतो रंगमा बजारमा ल्याएको छ।

 

टिआरके ५०२

 


विशेषतः अफरोड टुरको लागि तयार यो बाइक सेतो, रातो, हरियो र कालो रंगमा उपलब्ध छ। इन्जिन क्षमता ४९९।६ सिसीको छ।

 

क्लासिक लुक, २० लिटरको इन्धन ट्यांक, फराकिलो ह्याण्डलसहितका विशेषताले लामो दुरीको यात्राका लागि कम्फर्टेवल गराउनुका साथै उच्चस्तरीय सस्पेन्सनले कच्ची र पक्की दुबैखाले बाटोमा आरामदायी यात्रा गर्न सहज हुन्छ।

 

टायरको राम्रो ग्रिप कन्ट्रोलले जस्तोसुकै बाटोमा पनि सहजताका साथ गुड्न सक्ने कम्पनीले बताएको छ। स्टिल ट्युब फ्रेमको प्रयोग गरेर बाइकको वजन हलुका र ब्यालेन्समा राख्न कम्पनी सफल भएको छ।

 

दुई सिलिन्डर इन्जिन, चार भल्भ टेक्नोलोजी, १९० एमएम ग्राउण्ड क्लियरेन्स, ४७ बिएचपी इन्जिन पावर रहेको यसमा ६ गियरको स्पिड छ। मूल्य नेपालमा १२ लाख रुपैयाँ पर्छ।

 

लेओन्सीनो एबिएस

 

 

लेओन्सीनोेलाई ९ लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको शोरुमले जनाएको छ। ४९९।६ सिसी इन्जिन क्षमताको यो बाइकमा १३।५ लिटरको इन्धन ट्यांक छ। दुई सिलिन्डर इन्जिन, चार भल्भ टेक्नोलोजी, इन्धन इन्जेक्टर सहित ६ गियर स्पिड यसका विशेषता हुन्।

 


‘कटिङ एज एलइडी हेडलाइट’, उच्च स्तरीय सस्पेन्सन, उच्चतम गतिमा हुँदा पनि च्यासीस कन्ट्रोलको सुविधा यसमा छ। यसको एबिएसले आकस्मिक ब्रेकिङका कारण चालक लड्ने समस्या नआउने कम्पनीको दावी छ। शोरुमले यो बाइक कालो, रातो र खैरो रंगमा बजारमा ल्याएको बताएको छ।

 

३०२ आर

 


३०० सिसी इन्जिन क्षमता रहेको यो स्पोर्टस बाइक हो। हरियोरसेतो, रातोरसेतो र रातोरकालो गरी मिश्रित रंगमा उपलब्ध छ। १४ लिटरको इन्धन ट्यांक छ। ट्वीन लिक्वीड कुल्ड इन्जिनजडित छ।

 

इन्जिनले ३६ बिएचपी र पिक टर्क २७ एनएमको पावर उत्पादन गर्छ। ६ गियर स्पिडमा रहेको यसको १६५ मिमि ग्राउण्ड क्लियरेन्स छ। ७ लाख ५० हजार रुपैयाँ पर्ने र नगद खरिद गरेमा ३० प्रतिशत क्यास ब्याक तथा एक वर्षे बिमाको समेत अफर रहेको शोरुमले जनाएको छ।