विवरण लुकाई राजश्व छल्नेका खाता रोक्का

  • | शनिबार, १२ जेष्ठ, २०७५
  • | 3 years ago

विराटनगर - विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । 

 

कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

 

आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ । 

 

यसमध्ये पहिलो चरणमा तीन दर्जनभन्दा बढी फर्मको बैंक खाता रोक्का गरिएको कार्यालयले जनाएको छ ।