भारतले तोकेको मितिमा मोदी नेपाल आउने

  • | सोमबार, १० बैशाख, २०७५
  • | 3 years ago

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा नेपाल आउने पक्का भएको छ । मोदी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै मितिलाई सोमबार बिहान अनुमोदन गरेपछि उनी सोही दिन नेपाल ओर्लने निश्चित भएको हो ।


उनी आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् । बीचमा कुनै विशेष परिस्थिति सृजना नभए भ्रमण तय भइसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


नेपालले समान हैसियतको विषय उठाउँदै आएपनि भारतीय पक्षले आफू खुसी तय गरेको तिथिलाई भने नकार्न सकेन ।


‘कर्नाटक निर्वाचनको मौन अवधिमा मोदीले नेपाल भ्रमण गर्ने चाँजो मिलाएका थिए । त्यसलाई नेपालले स्विकार गरेको छ,’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको बेइजिङ यात्रा अब पछाडि धकेलिएको छ । यद्यपी प्रधानमन्त्री बेइजिङ जाने यकिन तिथि भने तय भइसकेको छैन ।’