मिस नेपाल श्रृंखला फाइनलमा

  • | बुधबार, १९ मंसिर, २०७५
  • | 2 years ago


काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठूला अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी छिन् ।

श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । उनले ‘ब्युटी वीथ अ पर्पज’को अवार्ड पनि हात पार्न सफल भएकी छिन् । 

श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भइन् । यसअघि उनी मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी थिइन् ।