नियमारको क्लब छोड्ने निर्णयप्रति मेस्सीले दिए यस्तो प्रतिक्रिया

  • | शुक्रबार, २४ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले नियमारले क्लब छाड्ने कुरा अन्तिम मिनेटसम्म पनि थाहा नभएको बताएका छन् । उनले भनेका छन्,‘मलाई नियमारले बार्सिलोना छोड्ने निर्णय अन्तिम मिनेटसम्म पनि थाहा थिएन ।

 

उ आफै पनि निर्णय लिन सकिरहेको थिएन । तर अन्ततः उसले निर्णय लियो ।’ ब्राजिलियन स्टार नियमारलाई बार्सिलोनाले २२२ मिलियन युरोमा पिएसजी क्लबलाई बेचेको थियो ।

 

केही समय अगाडि प्रकाशित एक समाचारले नियमारले बार्सिलोना बोर्डका कारण आफुले क्लब छाडेको बताएका थिए । मेस्सीलाई एक अन्तर्वार्तामा नियमारले क्लब छाड्ने विषयबारे प्रश्न गरिएको थियो । उनले नियमारले क्लब छाड्ने विषयबारे आफु अनभिज्ञ रहेको बताएका थिए ।