देउवाले विना विभागीय बनाउने निर्णय गरेपछि सरकारबाट बाहिरियो माओवादी केन्द्र

  • | मंगलबार, ३१ असोज, २०७४
  • | 3 years ago

काठमाडौं,असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट आजै राजिनामा दिने तयारी गरेका गरेका हुन् ।

 

सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

 

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो ।


तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।