अनुशासन तोडेकोमा म्यान्चेष्टर सिटीलाई जरिवाना

  • | शनिबार, १९ फागुन, २०७४
  • | 3 years ago

फागुन । इंग्लिस क्लब म्यान्चेष्टर सिटीले ५० हजार स्टर्लिङ पाउण्ड (झण्डै ७२ लाख नेपाली रुपैयाँ)जरिवाना तिर्नुपर्ने भएको छ ।

 

एफ ए कफको पाँचौ चरणको खेलमा विगान एथलेटिकसँगको खेलमा आफ्ना खेलाडीलाई मर्यादित बनाउन नसकेको अभियोगमा सिटीले जरिवाना तिर्नुपर्ने भएको हो ।

 

खेलमा सिटीका धेरै खेलाडीले रेफ्रि एन्टोनी टेलरलाई घेरेर बिरोध जनाएका थिए । तर कुनै पनि खेलाडीलाई व्यक्तिगत रुपमा भने अनुसशानको कारबाही नगरिएको बीबीसीले जनाएको छ ।

 

खेलको मध्यान्तरमा म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप गोर्डिवाला र विगानका प्रशिक्षक पौल कुकबीच चर्काचर्की बहस भए पनि त्यसमा कुनै गलत कुरा नभएको एशोसिएसनले जनाएको छ ।