हिरो गोल्डकप उपाधिका लागि नेपाल–म्यानमार भिड्दै

  • | शुक्रबार, ३ फागुन, २०७५
  • | 2 years ago


काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् ।

 

उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल नेपाली समयानुसार आज बेलुका ६ बजेबाट शुरु हुनेछ । भारतलाई समूह चरणमै पराजित गरेको नेपाल म्यानमारलाई हराएर उपाधि हात पार्ने प्रयासमा छ ।

 

तर समूह चरणमा तीन शुन्य गोल अन्तरले हराएको म्यानमारलाई पराजित गर्नु नेपालका लागि चुनौतीपुर्ण रहेको छ । यसअघि जापान ओलम्पिकको छनौट खेलमा नेपाल र म्यानमारले बराबरी खेल्दै अंका बाँडेका थिए । विश्व वरियतामा पनि म्यानमार नेपालभन्दा निक्कै माथि रहेको छ ।