मदनकृष्ण श्रेष्ठकी पत्नी सुवेदीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

  • | बुधबार, २१ चैत, २०७४
  • | 3 years ago
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।



आज उनले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उनले भनेका छन्, ‘‘शोकमा परेका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”



सतसठ्ठी वर्षीया सुवेदीको सोमबार राति निधन भएको थियो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।