किन दिन्छिन् ‘लक्ष्मी’ उत्ताउलो दृश्य र अन्तरवार्ता ?

  • | शुक्रबार, १४ पुष, २०७४
  • | 3 years ago

 

काठमाडौं । गायिका तथा मोडल लक्ष्मी आचार्य आफ्ना उत्ताउला हर्कतका कारणले नेपाली अनलाइन मिडियामा चर्चामा आउने गरेकी छन् ।

 

 


ग्ल्यामरका नाममा मिडियामा उत्ताउला कुरा गरेर चर्चामा आउने मध्ये पर्छिन्, उनी । मोडल गायिका ज्योती मगरले सुरू गरेको देखाउने र भन्ने शैलीलाई पछ्याउने मध्ये लक्ष्मी पनि पर्छिन् । 
शरिरबा नीजी अंगमा ट्याटु हान्ने र क्लिभेजलाई प्रष्ट देखाउने शैलीमा लक्ष्मी अग्रपंक्तिमा आउने गरेकी छन् ।

 

 


उनले अन्तरवार्ताहरूमा आफुले सी ग्रेडका फिल्महरू हेर्ने गरेको बताएकी छन् । कलाकारिता क्षेत्रमा रङगमञ्चमा हुने गरेको यौन अपिलका विषयमा पनि उनले खुलेर बोल्ने गरेकी छन् । 
लोक तथा दोहोरी क्षेत्रका कतिपय गायकगायिका लक्ष्मीले चर्चामा आउनका लागि यस्ता उत्ताउला अभिव्यक्ति दिने गरेको आरोप पनि लगाउँदै आएका छन् ।