रेल आउँछ, धैर्य गरौं : प्रधानमन्त्री ओली

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी

  • | आइतबार, २२ पुष, २०७५
  • | 2 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालय स्थापनाको तयारी भइरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको संसदलाई सम्बोधन गर्दै उनले रेल र पानी जहाजको आफ्नो सपनालाई तुवालोमा पुर्ने प्रयास भइरहेको बताए ।

 

ओलीले भने, ‘यहाँ कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’
हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै उनले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’

 

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी

 

यस्तै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी गरेका छन् ।  उनले अन्तर्राष्ट्रिय मुद्राकोषले समेत आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने बताएकाले मुलुको आर्थिक अवस्था सकारात्मक दिशामा अघि बढेको बताए ।

 

उनले मूल्यवृद्धि ४.२ बाट ३.७ मा सीमित गरेको दावी गरे । त्यस्तै प्रधानमन्त्रीले सरकारी खर्च ३४ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा सीमित गरेको जानकारी दिए ।
उनले देशमा गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको समेत उनले दाबी गरे ।

 

ओलीले भने, ‘गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो । यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको छ ।’ राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको जानकारी दिए ।
कुल वैदेशिक सहयता १ सय ६२ दशमलब ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले बताएका छन् ।