प्रकाशको निधनपछि प्रचण्डलाई ओलीको यस्तो पत्र

  • | मंगलबार, ५ मंसिर, २०७४
  • | 3 years ago

काठमाडौं, मंसिर ५ । आइतबार प्रकाश दाहालको निधनपछि एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक समवेदना पत्र लेखेका छन् ।

 

उनको पत्र यस्तो छ :

 

प्रिय कमरेड,


हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु ।

 

 

एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्कोतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

 

कमरेड प्रकाश, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु ।

 


द्वन्द्वकालमा समेत तत्कालीन नेकपा माओवादी पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

 

यस शोकपूर्ण घडीमा म, नेकपा एमाले र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्रमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।


केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले