हुन्डाई गाडी नेपाली बजारमा

  • | बिहीबार, ५ भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । बहुप्रतिक्षित हुन्डाई गाडी नेपाली बजारमा आएको छ ।

हुन्डाइको नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बहुप्रतिक्षित हुन्डाई भेन्यू एक समारोहकाबीच सार्वजनिक गरेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार नेपालमा हुन्डाई भेन्यूका ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् । जसअनुसार १ं.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल vtvt, १.४ लिटर डिजेल इन्जिनU2 CRDI र १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल vtvt इन्जिन रहेका छन् ।

बजारमा उपलब्ध अन्य गाडीहरूको तुलनामा हुन्डाई भेन्यूले बजारमा दह्रो उपस्थिती जनाउने हुन्डाइले दाबी गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरलाई सेवा प्रदान गरिरहेको छ ।