डकैती समूहका नाइके लिम्बूमाथि प्रहरीले चलायो गोली

पेस्तोल र ४ राउन्ड गोली बरामद

  • | शुक्रबार, २१ मंसिर, २०७५
  • | 2 years ago


काठमाडौं । काठमाडौंस्थित रातोपुलमा डकैती समूहका नाइके राजन लिम्बूमाथि प्रहरीले आज गोली चलाएको छ ।

 

पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएका थिए । उनको साथबाट प्रहरीले एक पेस्तोल र ४ राउन्ड गोली बरामद गरेको छ । मिटर ब्याजमा समेत संलग्न उनलाई पक्राउ गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले खुट्टामा गोली हानेको हो ।

 

घाइते लिम्बूको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । लिम्बू इटहरीका हुन् ।

 

उनी डकौती सम्बन्धी घटना र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको प्रहरीको भनाइ छ । घाइते लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।