सुनको भाउ अहिलेसम्मकै उच्च

  • | सोमबार, ९ भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यस्तै तेजाबी सुन ७३ हजार दुई सयमा कारोवार भएको महासंघले जनाएको छ ।

 

आज कायम भएको सुनको मूल्यमा हालसम्मकै उच्च हो । आइतबार पनि सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
सुनको मुल्य दुई दिनमै प्रतितोला दुई हजार दुई सयले बढेको छ । चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेर आठ सय साठी रुपैयाँमा कारोबार भइरहेको छ ।
अमेरिका र चीनको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय बजारमा परेकाले सुनको मुल्य बढेको बताइएको छ ।

 

निरन्तर मुल्यबृद्धि भएसँगै विगत एक महिनादेखि सुनको कारोवार शुन्य जस्तै भएको छ । तीजको समयमा पनि यो पटक सुनको कारोबार राम्रो नभएको व्यवसायीहरुले बताएका छन् ।