सुनको मूल्य प्रतितोला साढे ७२ हजार पुग्यो

  • | आइतबार, ८ भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ ।
गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो ।

 

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको महासंघले जनाएको छ ।