सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ७० हजार

  • | बिहीबार, २३ साउन, २०७६
  • | 2 years ago


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार अहिलेसम्मकै उच्च भएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको छ ।

 

यसअघि बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो ।  महासंघका अनुसार सुनको यो भाउ अहिलेसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

 

चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो ।  यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ ।