रेफ्रीले खेलाडीलाई हिर्काए अनि रेड कार्ड देखाए

  • | सोमबार, १ माघ, २०७४
  • | 3 years ago

माघ १ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको खेलमा रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् ।

 

खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे ।


उनले उठ्दै गर्दा अवस्थामा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए ।

 

त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए ।

 

मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन् ।

 

यो खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको छ ।

 

नान्टेसका अध्यक्षले रेफ्री चाप्रोनलाई कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् ।