२० वर्षपछि फ्रान्सले जित्यो विश्वकपको उपाधि

  • | मंगलबार, १ साउन, २०७५
  • | 3 years ago

रसियमा सम्पन्न २१ औ संस्करणको विश्वकपको उपाधि फ्रान्सले जितेको छ । २० वर्षपछि फाइनलमा पुग्न सफल फ्रान्सले क्रोयसियालाई ४-२ गोलले पराजित गर्दै विश्वकप उपाधि जितेको हो ।  सन् १९९८ को विश्वकप उपाधि फ्रान्सले जितेको थियो ।

खेलको १८ औ मिनेटमा क्रोएसियालाई झट्का लाग्यो जब मारियो मारियो माण्डजुकिकले आत्मघाती गोल गर्दा फ्रान्सले अग्रता लियो ।

तर, सम्हालिएर खेलेको क्रोएसियाका लागि खेलको २८ औ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए । सुरुवाती समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको क्रोएसिया खेलको मध्यतिर लय बिगार्न पुग्यो ।

खेलको ३८ औ मिनेटमा फ्रान्सले पेनाल्टी पायो जसलाई एन्टोनियो ग्रिजम्यानले सदुपयोग गर्दै गोल गरे । पहिलो हाफमा अग्रता बनाएको फ्रान्सलाई दोस्रो हाफा क्रोएसियाका खेलाडीहरुले रोक्न सकेनन् ।

खेलको ५९ औ मिनेटमा पोउल पोग्वाले सानदार गोल गरे । त्यस्तै खेलको ६५ औ मिनेटमा काइलिएन एमबाप्पले फ्रान्सका लागि चौथो गोल गरे । रोमाञ्चक खेलमा निराश बनेको क्रोएसियाका लागि मारियो माण्डजुकिकले खेलको ६९ औ मिनेटमा गोल गरे ।

फ्रान्सका गोलरक्षक हुगो लोरिसको गल्तीको मौका क्रोएसियाले लिन सफल भएको थियो । त्यसपछि खेलमा दुवै पक्षले केही सुनौला मौकाहरु सिर्जना गरेका थिए तर गोल गर्न भने सकेनन् ।

यो जितसँगै फ्रान्सले विश्वकप फाइनल खेलमा ऐतिहासिक जित हात पारेको छ । यो संस्करणको विश्वकपमा निर्धारित ९० मिनेटमा नै नतिजा निस्केको छ । यस अघिका तीन विश्वकपमा भने अतिरिक्त समयमा नतिजा निस्केका थिए ।