१८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा आज नेपाल र भारत खेल्ने

  • | बुधबार, ११ असोज, २०७४
  • | 3 years ago

काठमाडौं, असोज ११ । उपाधी जित्ने चारवटै टीमको समान सम्भावनाका विच साविक विजेता नेपालले १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा बुधबार भारतसँग खेल्दैछ ।


खेल बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।


नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् ।


तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादे दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् ।


लगातार दोस्रोपटक उपाधी नेपाल भित्राउन नेपालले बुधबार भारतलाई त हराउनैपर्छ भने बंगलादेश र भुटानको खेलको गोल अन्तरपनि नेपालको अनुकुल आउनुपर्छ ।


भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो । पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।