शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

  • | बुधबार, १२ मंसिर, २०७५
  • | 2 years ago

 

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको बुधबारको खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।


जितसँगै हिमालयन शेर्पा १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
लिगमा १२ अंक जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अंक नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।


बुधबारको खेलमा हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरेका थिए ।