‘फाइभ स्टोरी’ वेभ सिरिज छिट्टै प्रसारण हुँदै

  • | मंगलबार, २१ साउन, २०७६
  • | 1 year ago

 

काठमाडौं । फुर्सदको साथी अनलाईन टिभीले ‘फाइभ स्टोरी’ नामक वेभ टेलीसिरिज प्रसारण गर्ने भएको छ ।
कलेज जीवनको कथा बस्तु समेटेर तयार पारिएको सिरिजलाई युट्युव मार्फत प्रसारण गर्न लागिएको हो ।


छिट्टै प्रसारणको तयारी भइरहेको सिरिजको आइतबार पोस्टरसमेत सार्वजनिक गरिएको छ ।
पोस्टरको डिजाइन भने प्रकाश पुरीले गरेका छन् ।


सागर जोशीको निर्देशन रहेको उक्त सिरिजको यति बेला धमाधम निर्माण कार्य भइरहेको जनाइएको छ ।
‘फाइभ स्टोरी’मा सुरज अधिकारी, राजेन्द्र रावल, मुना कार्की, सौरभ ढाकाल र स्मृती न्यौपानेको मुख्य भूमिका रहेको छ ।
सिरिजमा राज खड्काको संगित, मोहन प्रसाद पन्तको शब्द छ भने कार्यकारी निर्माता सनम निरौला रहेका छन् ।