पृथ्वी परिक्रमा अवार्ड दुवइमा भब्य सम्पन्न

  • | आइतबार, २९ असोज, २०७४
  • | 3 years ago

दुवइ युएई ।पृथ्वी परिक्रमा अवाड आयोजना कार्यक्रमदुवइ युएईमासेक्टेम्बर २९ तारिखमा भब्य सम्पन्न भएको छ।अवार्ड अध्यक्ष रामबाहदुर (आर .के)सुबेदिको अध्यक्षमा सम्पन्न भएको अवार्ड समाहरोमा युएई पोहिलो पटक५१ दक्ष बेक्तिलाइ अवार्ड ,५१जनासमाजसेवी लाई कदर पत्र, ५१ जना सहयोगी भवाना बोकेका अग्रजहरुलाइ सम्मान र ५१ जना युवा पुस्तालाई प्रोत्साहित गर्न प्रमाणपत्र प्रदान गरियो।

युएईको लागी नेपालको राजदुतनेत्र बाहादुरतन्डन,एन.आरआर,एन युएई अध्यक्ष रमेश श्रेष्ठ ,नेपाली समाजका युएई अध्यक्ष चन्द्र प्रासाद सापकोटा ,बिज्नेस काउन्सिल युएईअध्यक्ष एकेन्दर थापा ,समाजसेवी सालिकसुवेदी ,पत्रकार माहांस्ं युएई साखा अध्यक्ष भुपराज बस्याल, विभिन्न संघसंस्थाको प्रमुख ज्युहरुहांस्यकलाकार तथा जादुगर माहादेव त्रिपाटि, पृथ्वी परिक्रमा अवार्ड युएई सम्योजकतथा नेपाली समाज युएई उपाध्यक्ष प्रवीण काजिश्रेष्ठ लागायतले पृथ्वी परिक्रमाअवार्डको मैन बति बालेर उदघाटन गर्नु भयो।उद्घाटन सत्र पछि उहाहरुले यो एतिहासिक अवार्ड र पत्रकार सुवेदीको यो अभियान देशको गौरब भएकोमा सबै देशमा बस्ने हरुले निर्वात रुपमा सहयोगमा हतेमालो गर्न अपिल गर्नु भयो।अवार्ड प्रमुख अथिती, विशेष अथिती,अथिती हरुले संसार भरी पृथ्वी परिक्रमा अवार्डसफल पार्नसबैमा हार्दिक अनुरोध गर्नुभएको थियोे ।

 

एक युगमा एक पटक पृथ्वीको हरेक ठाँउमा बसेर विशेष गरिआ–आफ्नो क्षेत्रबाट निरन्तर निःस्वार्थ भावनाले नेपाललाई माया गर्ने स्वदेशी तथा विदेशीलाई पत्रकार रामबहादुर सुवेदीको (आर.के. सुवेदी) पृथ्वी परिक्रमाको अवसरमा सम्मान पूर्वक प्रदान गरिने यस पृथ्वी परिक्रमा अवार्ड सेप्टेम्बर २९ तारिखको दिन दुबईको एम्बेस्डर होटलमा दिउँसो २ बजे देखि सुरु भएको अवार्ड कार्यक्रममा दसैंको कुनै प्रवाह नगरी हर्सौउलासको साथसहभागी जनाउनु भएको थियो।यस भन्दा अगाडि पनि बक्स अफिस फिल्मी क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल गु्रपले पहिलो पटक दुबईमा नेपाली चलचित्रको फिल्म अवार्ड, कलाकार र दुबई कलाकारको फुटबल लगायत विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिसकेको छ।तेसैगरि बक्स अफिसको आयोजनामा यस भन्दा अगाडि उडिरहेको प्लने भित्र, समुद्रमुनि, समुद्रमाथि, र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय बक्स अफिय फिल्म फेयर अवार्ड आयोजना गरेर गिनिज बुक अफ वलर्ड रेकर्ड कायमा गरेकोहो।

 

अवार्ड आयोजना गरेरै पृथ्वीको एक फन्को लगाउने अभियानका साथ पत्रकार सुबेदिले नेपाल को सक्तिपिठमा पुजा गर्दै पहिलो चरणमा सेप्टेम्बर २९तारिखको दिन दुबईमा अवार्ड आयोजन गर्न पुगेको हुन।पोहिलो पट्क उदघाटन गरिएको युएई पृथ्वी परिक्रमा अवार्डमा हांस्यकलाकार तथा दर्शकको लागि मुख्य आकर्षक बने उनी सगै दुवइका स्थानीय नेपाली कलाकार हरुले अवार्डमा बिजोड प्रस्तुती दिएर दर्सकलाइ रोमान्चित बनाए।पृथ्वी परिक्रमा अवार्डमा दुबईमा बसेर विगत लामो समयदेखि आफनो देशको हरेक क्षेत्र (जस्तैः समाजसेवा, उद्योग, व्यापार–व्यवसाय, कलाकारिता, साहित्य, पत्रकारिता, खेलकुद, स्वास्थ्य, संघसंस्था लगायत अन्य विशिष्ट क्षेत्र) मा योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न ५१ विधामा सम्मान५१ बिधामा अवार्ड ,५१ बिधामा कदर पत्र र ५१ जना युवा पिडिलाइ प्रोत्साहित गर्न प्रमाणपत्र प्रादान गरियो ।

 

यो सम्मान कार्यक्रम अन्य फिल्म अवार्ड जस्तो नभई गिनिज बुक अफ द वल्र्ड रेकर्ड होल्डर तथा विश्व किर्तिमानी पत्रकार रामबहादुर सुवेदीको पृथ्वी परिक्रमाको अवसरमा अवार्ड आयोजना गरेर पृथ्वी परिक्रमा गर्ने लक्ष्यसँग केन्द्रित रहेको पनि सबैमा जानकारी अवार्ड समाहारोमा जानकारी गराइयो ।

 

एक युगमा एक पटक आयोजना हुने यस्तो अवार्डमा सम्पूर्ण दुबईमा बस्नुहुने बुद्धिजिवी, व्यापारी, कलासाहित्यकर्मी, खेलाडी लगायत विभिन्न पेशासँग आबद्ध भएको व्यक्तिहरुलाईदुवइमा अवार्ड बितरन गर्दा सबैले आफुलाइ समाजमा अझ राम्रो काम गर्ने हौसला बडेको बताए ।पृथ्वी परिक्रमा अवार्ड२०७४ सालमा देशभरिका शक्तिपिठहरुमा राष्ट्रिय झण्डा सहित पुजापाठ पुरा गरी दुबईबाट पृथ्वी परिक्रमा अवार्डको शुभारम्भ भएको यो अवार्ड हरेक बर्ष ८ वटा देश र नेपालको ४ जिल्लामा सम्पन्न गरी २० बर्ष भित्र संसारभर अवार्ड आयोजना गरि पृथ्वीको एक फन्को लगाइनेउद्देश्य रहेको अवार्ड अध्यक्ष सुबेदिले स्वागत मन्तव्यबताए ।दुबईको बसाईको क्रममासुबेदिले संसारकै अग्लो टावर दुवैइ टावरमा पनि आइतबारएक तरिकको दिन पारेर पृथ्वी परिक्रमा अवार्ड गर्ने भएको छन।उन्ले दुवइको अवार्ड पछि उडिरहेको प्लेन,समुन्द्री मुनि,समुन्द्री माथी ,पानी जहाज ,बेलायत ,बेल्जियम ,जापान र klcटावर पृथ्वी परिक्रमा अवार्ड आयोजना गर्ने भएको छ्न।