गायक दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

  • | मंगलबार, ५ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । सरकारले गायक दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा प्रतिबन्ध लगाएको छ ।

 

खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
सो गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको हो ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।