गायक दुर्गेश थापा पक्राउ

  • | मंगलबार, ५ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट उनलाई नियन्त्रणमा लिएको
हो ।

 

महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ ।
सामाजिक मूल्य मान्यता विपरित गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानून विपरीत भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

 

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।