दशैँमा १८ हजार ५ सय रुपैयाँ बराबरको मात्रै नयाँ नोट

  • | शुक्रबार, ३ असोज, २०७६
  • | 2 years ago


काठमाडौं । दशैँमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरको मात्रै नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ ।

 

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउनेछन् । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने जनाएको छ । काठमाडौंमा भने राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट नयाँ नोट लिन सकिनेछ ।

साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।

Notice_eE28lpXE0W