विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने

  • | शुक्रबार, ४ फागुन, २०७४
  • | 3 years ago

काठमाडौं, फागुन ४ । विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ ।


विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि स्थान पक्का बनाएको थियो ।

 

प्रतियोगिताको पहिलो खेलमा नामिबियालार्इ १ विकेटले हराएको नेपाल दास्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । आफ्नो तेस्रो खेलमा युएर्इलार्इ हराएको नेपाल केन्यासँगको चौथो खेलमा पनि विजयी भएको थियो ।

 

लिग चरणको अन्तिम खेलमा क्यानडालार्इ नाट्किय रुपमा १ विकेटले हराएको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि छानिएको थियो । बिहीबार भएको फाइनल खेलमा भने नेपाल युएर्इसँग हारेको थियो ।

 

फाइनलमा हारेपनि प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछाने भएका थिए भने धेरै रन बनाउने खेलाडी नेपालका पारस खडका भएका थिए ।