बाम गठबन्धन फुटाउन काँग्रेसले ‘ब्ल्याक चेक’ देखायो

  • | शुक्रबार, १२ माघ, २०७४
  • | 3 years ago

भक्तपुर, माघ १२ । नेकपा एमालेका सचिव एवम् सांसद प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले बाम गठबन्धन फुटाउन ‘ब्ल्याक चेक’को लोभ देखाएको बताएका छन् ।

 

अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिको १८ औं सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘गठबन्धन फुटाउन कांग्रेसले चेक र पाँच वर्ष सरकार चलाउने आग्रह गरेको छ ।’

 

काँग्रेसका महामन्त्रीले आफ्नो मिशननै बाम गठबन्धन तोड्नु र प्रचण्डलाई त्यहाँबाट बाहिर ल्याउने रहेको नेता ज्ञवालीको भनाई छ । उनले संविधानको अपव्याखा गरेर नयाँ सरकार निमार्णको हुन नदिएको पनि आरोप लगाए । ‘संविधानको मर्म विपरित जनमत गुमेपछि सरकारमा बस्नु नैतिकता विहीन कार्य हो ।’


कांग्रेसले जतिनै जालझेल गरेपनि फागुणको दोस्रो सातासम्ममा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बाम गठबन्धनको संयुक्त सरकार बन्ने एमाले सचिव ज्ञवालीको दाबी छ ।

 

कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्ष स्थिर सरकार चलाएर बामपन्थीहरुले देशको विकाश गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।


दुई दिन चल्ने सम्मेलनमा ८४ जना प्रतिनिधि उपस्थित छन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिए ।