काठमाडौंमा यस बर्षकै बढी चिसो महसुस : ओक्चीको प्रभाव होइन

  • | आइतबार, १७ मंसिर, २०७४
  • | 3 years ago

काठमाडौँ , मंसिर १७ । काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।

 

शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

 

भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ ।

 

श्रीलंकामा गत बिहीबार विकास भएको ुओक्चीु नामको आँधीको प्रभाव र त्यसको असर भेन अहिले नेपालमा नपरेको मौसमविदले बताए ।

 

उपत्यकामा चिसो बढ्दै गएको छ ।