‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार

  • | मंगलबार, १० भदौ, २०७६
  • | 2 years ago


काठमाडौं । रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने. भएको छ ।

 

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेका छन् ।

 

त्यस्तै यस वर्षको पद्माश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् ।
पद्माश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई लाख रुपैँया रहेको छ ।