चीनले पनि दिएन साथ, अब के गर्छ उत्तर कोरिया ?

  • | सोमबार, २३ साउन, २०७४
  • | 4 years ago

एजेन्सी । विश्वशक्ति मानिने अमेरिकासँग दुश्मनी रहेको उत्तर कोरियालाई साथ दिँदैआएको अर्को शक्तिशाली राष्ट्र चीनले पनि अब साथ छोडेको छ ।

 

उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षणबारे बारम्बार प्रश्न उठिरहँदा यसअघि चीन र रुस उत्तर कोरियाको पक्षमा उभिँदैआएका थिए । पछिल्लो पटक भने यही विषयमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन चीन पनि सहमत भएपछि उत्तर कोरिया एक्लिने खतरा बढेको छ ।

 

उत्तर कोरियामाथि नाकाबन्दी लगाउने प्रस्ताव संयुक्त राष्ट्रघीय सुरक्षा परिषदमा सर्वसम्मतिले पास भएको छ । यही कारण उत्तर कोरियाले कठिन अवस्था सामना गर्नुपर्ने अवस्था सृजना भएको छ । विज्ञहरुले यसलाई सबैभन्दा कडा नाकाबन्दीको रुपमा बुझेका छन् ।


यद्यपी उत्तर कोरियाले गत जुलाईमा दुई क्षेप्यास्त्र परीक्षण गर्दै आफूसँग अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता भएको दावी गरेको थियो । उत्तर कोरियाको यस्तो दावीप्रति जापान, दक्षिण कोरिया लगायतका मुलुक सशंकित रहे पनि त्यसको बिरोध गरेका छन् ।

 

अन्ततः चीनले पनि उत्तर कोरियाको साथ नदिएको अवस्थालाई विज्ञहरुले उत्तर कोरियाको अहिलेसम्मकै कठिन अवस्थाका रुपमा ब्याख्या गरेका छन् ।