हाँस्य–अभिनेता चार्ली च्याप्लिनका १२ विश्वचर्चित भनाई

  • | मंगलबार, ४ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बेलायती अभिनेता, चलचित्र–निर्माता, हास्य–अभिनेता, निर्माता, पटकथा–लेखक,सम्पादक र रचनाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको विश्वचर्चित व्यक्तित्व हुन् । उनको जन्म स.न् १८८९ को अप्रिल १६मा बेलायतको राजधानी लण्डन सहरमा भएको थियो ।

 

जीवनमा थुप्रै चलचित्र निर्माण गरेका धेरैको हाँसोको कारण बनेका च्याप्लिनको २५ डिसेम्बर १९७७ (८८ वर्ष) मा भएको थियो ।


हेर्नुस् यी व्यक्तिका १२ अनमोल विचार ः

 

१. जीवन महान बन्छ जब मानिसहरु तपाईलाई एक्लै छोडिदिन्छन् ।


२. दुष्ट दुनियामा कुनै पनि कुरा स्थायी छैन, र हाम्रो समस्या पनि ।


३. हाँसोविना कुनै दिन विताउनु भनेको त्यो दिन बर्बाद गर्नु हो ।


४. म सधैँ झरीमा घुम्न मन पराउँछु ताकि कोहि मलाई रोइरहेको देख्न नसकोस् ।

 

५. तपाई केवल मुस्कुराउनुस्, तपाईलाई थाहा हुनेछ कि जीवन अझै मूल्यवान् छ ।

 

६. मेरो पीडा कसैको हाँसोको कारण हुनसक्छ तर मेरो हाँसो कसैको पीडाको कारण नहोस् ।

 

७. विना कुनै काम कल्पनाको कुनै अर्थ हुँदैन ।

 

८. तपाई कुन कुराको अर्थ जान्न चाहानुहुन्छ ? जीन्दगी इच्छा हो, अर्थ होइन ।

 

९. एक आवारा, एक सज्जन, एक कवि, एक सपना देख्ने वाला, एक एक्लो व्यक्ति सधैँ रोमान्टिक र रोमान्सको आशा गरिरहेका हुन्छन् ।

 

१०. मैले सोचेको थिए कि ब्यागी प्यान्ट, ठूला जुत्ता र एउटा लौरो अनि एक डर्बी टोपी लगाएर तयार हुनेछु । तर सबै उल्टो भयो, प्यान्ट ब्यागी, साँघुरो कोट, छोटो टोपी र ठूला जुत्ता ।

 

११. मानिसको घृणा सकिएसँगै तानाशाह पनि मर्नेछ र जुन शक्ति उनीहरुले आममानिसबाट खोसेका छन् त्यो आफै उनीहरुसम्म फर्किनेछ । र तर जबसम्म मानिसहरु मर्नेछन् तबसम्म स्वतन्त्रता सकिनेछैन ।

 

१२. ऐना मेरो सबैभन्दा असल मित्र हो किनकी जब म रुन्छु त्यो कहिल्यै हाँस्दैन ।