चन्द्रयान–२ ले पठायो नयाँ तस्बिर

  • | मंगलबार, १० भदौ, २०७६
  • | 2 years ago


एजेन्सी । भारतीय चन्द्रयान–२ ले चन्द्रसतहको नयाँ तस्बिर पठाएको छ । अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) को चन्द्रयानले चन्द्र धरातल भन्दा ४ हजार ३७५ किलोमिटर माथिबाट परिक्रमा गर्दै उक्त तस्बिर पठाएको हो ।

 

चन्द्रयान–२ को ल्याण्डिङ गर्ने दिन नजिकिँदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि वृद्धि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिङ क्यामरा–२ सञ्चालित गरेर चन्द्र धरातलको तस्बिर खिचेका हुन् ।

 

२३ अगस्टमा खिचिएको तस्बिर इसारोले २६ अगस्टमा आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेको हो ।
चन्द्रयान–२ ले खिचेको चन्द्र धरातलको यस तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिएका छन् ।

 

चन्द्रयानले पठाएको तस्बिरमा चन्द्र सतहमा ठूला–ठूला खाडल देखिएको छ ।  यो यान भारतले गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरेको थियो ।