च्याम्पियन्स लिगमा नयाँ नियम

  • | बुधबार, १६ फागुन, २०७४
  • | 3 years ago

युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिगमा सहभागिता जनाउने टिमका लागि नयाँ नियम लागु गरेको छ । यूईएफएले दुई वर्ष अघि यो घोषणा गरेको थियो ।

 

सन् २०१८/१९ सिजनबाट लागू हुने गरी जारी गर्न लागेको यो नियमले इंग्ल्याण्ड, स्पेन, इटली र जर्मनीको घरेलु लिगमा शीर्ष चारभित्र पर्ने टिमले सोझै समूह चरणमा स्थान बनाउनेछन् ।

 

यस अघि चारैवटा देशको लिगका चौथो स्थानमा रहने टिमले ‘होम एण्ड अवे’ छनोट चरण खेल्नु पर्ने नियम थियो ।

 

यसअघि च्याम्पियन्स लिगमा २२ वटा टिमले सोझै स्थान बनाउँदै आएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन र युरोपा लिगका विजेताले पनि समूह चरण खेल्न पाउने सुविधा थियो ।