निर्माता छविराज ओझा र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

  • | बुधबार, ८ साउन, २०७६
  • | 2 years ago


काठमाडौं । काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएसँगै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 

छविराजको जेठि श्रीमती हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्दा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले दुवैलाई खोजिरहेको उनले बताए ।

 

शिल्पा छविकी चौथो पत्नी हुन् । तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए ।
हेमाले आफुसँग कानुनी प्रमाण नभएकाले अन्य श्रीमती छदा त्यतिबेला बहुविवाहको उजुरी लिएर जान नसकेको बताएकी छिन् ।