निर्माता छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी

  • | आइतबार, ५ साउन, २०७६
  • | 2 years ago


काठमाडौं । निर्माता छविराज ओझाका जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी दिएकी छन् ।  प्रहरी वृत्त गौशालामा उनले उजुरी दिएकी हुन् ।
उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

 

उजुरीमा भनिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।

तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

 यता डीएसपी प्रदिप बहादुर सिंहले भने उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताएका छन् । उनले यसलाई पुष्टी गरेर आवश्यक परे दर्ता गर्ने बताए ।

chaaaaa

chabi 3_1