शाहरुखले किस गर्न नमान्दा रोकिएको थियो यो फिल्मको सुटिङ

  • | आइतबार, १९ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् ।


२७ वर्षको उमेरमा सिनेमामा डेब्यु गरेका शाहरुखले बलिवुडमा २५ वर्ष बिताएका छन् । यो अवधिमा उनले सय भन्दा बढी सिनेमाहरुमा काम गरेका छन् ।

 


रेको खण्डमा किस सिन दिन तयार हुने शाहरुखले एक समय किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको थियो ।


धेरै कमलाई थाहा होला सन् १९९४ मा उनले किस गर्न नमान्दा सिनेमा ‘जादु’को काम रोकिएको थियो । ‘जादु’मा उनको अपोजिट अभिनेत्री रबिना टण्डन थिईन् ।


उक्त समयमा रबिना र शाहरुखले किन किस गर्न नमानेको भन्ने बिषयमा अहिलेसम्म पनि थाहा पाउन सकिएको छैन ।

 

सिनेमाका निर्माताले यी दुईलाई मनाउने भरपूर कोशिस गरेका थिए । तर केही सिप नलागेपछि निर्माताले सिनेमाको काम नै बन्द गर्नुपरेको थियो ।


सन् २००४ मा यहि सिनेमालाई नाम परिवर्तन गरेर रिलिज गरियो । सिनेमाको कथामा केही फेरबदल गरेर सिनेमाको नाम ‘ये लम्हे जुदाईके’ राखिएको थियो ।