‘बाहुबली’का कटप्पासहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतकाे आदेश

  • | सोमबार, १३ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडमा नै सर्वाधिक चर्चा बटुल्न सफल चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’मा कटप्पाको भूमिका निर्वाह गरेका अभिनेता सत्यराजसहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

 

उनीहरुलाई सन् २००९ मा मानहानीको मुद्दा लागेको थियो । सोही मुद्दा अहिले बाहिर आएर चर्चा भएको हो ।


पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन् ।


चर्चित दक्षिण भारतीय फिल्म गजनी, सिंघम, सिंघम २ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यासहित चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन् ।


उनीहरुले एक पत्रकारका विवादास्पद बयान दिएका थिए । त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएको थियो ।


तर, उनीहरु अदालतमा उपस्थित भएका थिएनन् । उनीहरुले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।