बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्याको माइतीघरमा आगलागी

  • | बुधबार, ८ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । मंगलबार दिउँसो बान्द्रा वेस्ट इलाकाको एक बिल्डिङमा आगलागी भएको छ । १६ तल्ले उक्त भवनमा थुप्रै सेलिब्रिटीका परिवारका सदस्य बस्ने गर्दछन् ।

 

यहाँ ऐश्वर्या रायकी आमा पनि बस्छिन् । ऐश्वर्यालाई यसबारे थाहा हुनेबित्तिकै उनी निकै तनावमा तुरुन्त आफ्ना श्रीमान अभिषेक बच्चनसँगै आमाको अवस्था बुझ्न पुगिन् । आगोमाथि नियन्त्रण पाइएको बताइएको छ ।

 

ला मोर भवनको १३ औं तल्लामा आगलागी भएको थियो र ऐश्वर्याकी आमा १२ औं तल्लामा बस्छिन् । यस्तै, सचिन तेन्दुल्करका ससुरालीका परिवार पनि यसै भवनको १० औं तल्लामा बस्छन् ।

 

स्रोतका अनुसार आगलागीले कसैलाई पनि हानी पुर्याएको छैन । आगो कसरी लाग्यो भन्नेबारे खुल्न सकेको छैन । आगलागी बिजुली सर्ट भएका कारण लागेको हुनसक्ने अनुमान गरिएको छ ।