नायिका असिनले जन्माइन् छोरी, लुकाएर राखेकी थिइन् गर्भवती भएको कुरा

  • | बुधबार, ८ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । नायिका असिनले मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । यद्यपी, उनले आफू गर्भवती भएको कुरा सबैलाई लुकाएर राखेकी थिइन् ।

 

स्मरण रहोस्, असिनले माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग सन् २०१६ मा विवाह गरेकी थिइन् । असिन र राहुल शर्माका साथी अक्षय कुमारले अस्पताल पुगेर दुबैलाई चकित तुल्याए ।

 

असिन र राहुलले छोरी जन्मेको एक खुसीमा स्टेटमेन्ट जारी गर्दै भने, ‘हाम्रो घरमा एक परीको आगमन भएकाले हामी निकै खुसी छौं । पछिल्लो ९ महिना हाम्रो लागि सबैभन्दा विशेष र रोमाञ्चक पल रह्यो र हामीलाई प्रेम र समर्थन गर्ने आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छौं ।’

 

राहुलेले आफ्नो ट्वीटरमा एक फोटो सेयर गर्दै लेखे,‘Ecstatic to announce that Asin & I have been blessed with an Angelic Baby Girl earlier today. Thank you for all your love & wishes’ ।

 

 

आफ्ना साथी राहुल शर्मा र असिनकी छोरी जन्मिएको खुसीमा अक्षय कुमार मध्यरातमा कोच्ची पुगे र दुबैलाई बधाई दिए । उनले असिनकी छोरीलाई बोके पनि ।

 

अक्षयले असिनकी छोरीको एक फोटो आफ्नो ट्वीटरमा शेयर गर्दै लेखे, ‘One joy which is completely unmatched...congratulations to my dearest friends Asin and @rahulsharma on the arrival of their little angel' ।