कण्डमको बिज्ञापनमा करण र बिपाशाको यस्तो ‘लुक्स’

  • | बुधबार, ८ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । नायिका बिपाशा बासुले श्रीमान् करन सिंह ग्रोवरसँग एक कण्डमको ब्रान्डको विज्ञापन सुटिङ गरेकी छिन् ।


केही समय अघि बिपासाले यो विज्ञापनका केही तस्बिर सार्वजनिक गरेकी थिईन् जसमा उनी एकदमै बोल्ड देखिएकी छिन् । विज्ञापनको भिडियो बिपाशाले आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् ।

 

बिपाशाले सेयर गरेको बिज्ञापनको भिडियोमा उनी स्विमिङ पुलबाट बाहिर निस्किरहेको देखिन्छ । यस्तै, बिपाशा–करन जंगल, घर र बाथटबमा देखिएका छन् ।


विज्ञापनमा करन र बिपाशा निकै रोमान्टिक स्थानहरुमा रोमान्स गरिरहेको देख्न सकिन्छ । करन भिडियोको धेरैजसो दृश्यमा सर्टलेश छन् भने बिपाशा निकै बोल्ड आउटफिटमा देखिएकी छिन् ।


सेयर गरेको केही घण्टाभित्रै बिपाशाको अकाउन्टबाटै उक्त भिडियो करिब साढे चार लाखले हेरिसकेका छन् । अन्तिम पटक सन् २०१५ मा आएको फिल्म ‘अलोन’ मा देखिएकी बिपाशाले सन् २०१६ मा करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् ।