बिहेको मिति पक्का भयो अनुष्का र विराटको

  • | बुधबार, ८ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । भारतीय चर्चित नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको बिवाह फिक्स भएको छ ।


केहि समय पहिला एउटा पुरानो शैलीको बिज्ञापनमा देखिएका उनीहरुको बिवाहको हल्ला चलेको थियो । त्यहि हल्ला लाई उनीहरुले बास्तबिकतामा बदल्न लागेका छन् ।

 

हालै भारतको एक चर्चित पत्रिकाले उनीहरुको बिवाह आउँदो डिसेम्बरमा हुने जनाएको छ । उक्त पत्रिकाका अनुसार अनुष्का र विराटले उनीहरुको बिवाहको तयारी सुरु गरिसकेका छन् ।


२०१६ को डिसेम्बरमा अनुष्का र विराटको परिवारहरुले आपसमा भेटेका थिए । त्यो समयमा उनीहरुले एकदमै गोप्य तवरले आफ्नो इंगेजमेन्ट गरेको खबर मिडियामाहरुमा आएको थियो ।