बाहुबली प्रभासलाई यी कुरामा बलिउड स्टारले पनि हराउँन सक्दैनन्

  • | मंगलबार, ७ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बाहुबली स्टार प्रभासको आज ३८ औँ जन्मदिन मनाइरहेका छन् । सन् २००२ मा आफ्नो करियरको शुरुवात गरेका प्रभासले आजसम्म आइपुग्दा आफ्नो करियर यहाँसम्म पुर्याएका छन् जहाँसम्म पुग्न जो कोहिको बसको कुरा होइन । आज उनी साउथको टप सुपरस्टार बन्न सफल भएका छन् ।


२००२ मा करियरको शुरुवात

 

प्रभासले २००२ सालमा तेलगु फिल्म ‘ईश्वर’बाट आफ्नो करियरको शुरुवात गरेका थिए । तर यस मार्फत प्रभासलाई खासै कसैले चिन्ने मौका पाएनन् ।

 

यद्यपि यसपश्चात २००४ मा आएको फिल्म ‘वर्षम’ले प्रभासलाई हिरामा परिणत गरिदियो । यसपछि प्रभासले अरु धेरै फिल्ममा काम गरे जसमा 'Pournami', 'Yogi', 'Munna', 'Billa', 'Ek Niranjan'कति हिट पनि भए ।

 


प्रभास–राजामौलीको हिट जोडी

 

प्रभास र राजामौली एक अर्काको लागि निकै लक्की देखिएका छन् । दुवैको जोडीले अहिलेसम्म तीनवटा चलचित्रमा सँगै काम गरेका छन् जुन तीनैवटा ब्लकबस्टर चलचित्र बन्न सफल भयो ।

 

जसमा छत्रपति, बाहुबली, बाहुबली–२ रहेका छन् । अब आउने दिनहरुमा पनि राजामौली र प्रभासको यो जोडीले चर्चा बटुल्ने देखिन्छ ।