आमिर खानले कंगनाको समर्थन गर्दै भने, बलिउडमा कंगनालाई बहिष्कार गर्नु गलत

  • | बिहीबार, २ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको मौखिक लडाईले आजभोलि बलिउड निकै तातेको छ ।

 

त्यस्तो कुनै पनि दिन आएको छैन जुन दिन यी दुईको विषयमा चर्चा नहोस् । दुवैले एक अर्काको विरुद्धमा केहि न केहि भनिरहेको पाइन्छ । र कोहि पनि यो पत्ता लगाउँन सकिरहेका छैनन् कि को गलत र को सहि ?

 

यसैबिच सुपरस्टार फरहान अख्तर , यामी गौतम, करण जोहर, सोनम कपूर र रोहित राय जस्ता व्यक्तिहरुले ऋतिकको पक्षमा आफ्ना धारणहरु व्यक्त गरिसकेका छन् । उनीहरुले राखेको विचारप्रति कंगनाकी बहिनी रंगोलीले राम्रो जवाफ पनि फर्काएकी थिइन् ।


तर भर्खरै एक सुपरस्टार आमिर खानले कंगनाको पक्ष लिदैँ कंगनालाई बलिउडमा बहिष्कार गर्नु गलत भएको बताएका छन् ।

 

आमिरका अनुसार बलिउडद्वारा कंगनालाई बहिष्कार गर्नु अनुचित भएको जिकिर गरेका छन् । यसकारण उनकी श्रीमती किरण रावले घरको स्क्यानिङको लागि कंगनालाई बोलाइएको थियो ।