रणबीरसँग दीपिकाले बिताएकी थिईन् यस्तो रोमान्टिक पल

  • | बुधबार, १ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । नायिका दीपिका पादुकोण छिट्टै नै पद्मावती बनेर दर्शकको मन जित्न आउँदै छिन् । तर यतिवेला भने दीपिका फिल्मको अलावा अकोए कुराले चर्चामा आएकी छिन् ।

 

एक अन्तरवार्तामा दीपिकाले आफ्नो पुर्वप्रेमी रणबीर कपुरको बारेमा एक खुलासा गरेकी छिन् जुन कुरा सुनेर सबै चकित परेका छन् ।

 

शो मा दीपिका आफ्नो लभ लाइफको बारेमा बताउँदै थिईन यसै दौरान उनलाई जिवनको रोमान्टिक पलको बारेमा सोधियो । जवाफमा उनले रणवीर सिंह को सट्टा रणबीर कपूर को नाम लिईन् ।

 

दीपिकाले बताइन कि उनी पियानो सिक्न चाहन्थिन् यसको केही दिनमा नै उनको घरमा एक सरप्राइज पठाइएको थियो त्यसमा उनको सोच भन्दा पनि सुन्दर पियानो थियो ।

 

यो शानदार गिफ्ट उनलाई अरु कोही नभएर त्यसबेलाका उनका प्रेमी रणबीर कपूरले पठाएका थिए। दीपिका त्यस पललाई आजसम्म विसंन सकेकी छैनन् ।

 

‘बचना ए हसीनो’ को दौरान नजीक भएका दीपिका र रणबीरको सम्बन्ध लामो समय टिकेको थियो । दीपिका र रणबीरसंगको रिलेशनशिप लाई लिएर निकै सीरियस थिईन् । यतिसम्म कि उनले आफ्नो गर्धनमा रणवीरको नामको टाटु पनि खोपेकी थिईन् । तर पछि उनीहरु अलग भए ।